कांग्रेस नेता यादवमाथि आक्रमण गर्ने सापकोटा ‘राजावादी समूह’का !

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा ‘राजावादी समूह’का भएको खुलेको छ ।

नेपालभ्युज

कांग्रेस नेता यादवमाथि आक्रमण गर्ने सापकोटा ‘राजावादी समूह’का !

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा ‘राजावादी समूह’का भएको खुलेको छ ।

नुवाकोट जिल्ला बिदुर नगरपालिका– ७ का सापकोटाले आफूलाई ‘राजावादी समूह’को बताएको प्रहरीले जनाएको छ ।

सापकोटाले बुधबार दिउँसो रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर फर्किदै गरेका यादवलाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।

प्रहरीसँग सापकोटाले ‘राष्ट्र बचाउन यादवमाथि खुकुरी प्रहार गरेको’ बयान दिएका छन् ।

यादवको आक्रमणपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बसेर यादवको भाषण सुनेका थिए । उनले भाषण सुनिसकेपछि निस्कने बेला यादवमाथि आक्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved