कांग्रेस नेता यादवमाथि आक्रमण गर्ने सापकोटा पक्राउ

नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि सांघातिक आक्रमण गरेका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालभ्युज

कांग्रेस नेता यादवमाथि आक्रमण गर्ने सापकोटा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि सांघातिक आक्रमण गरेका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला बिदुर नगरपालिका– ७ का सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

केही समयअघि कांग्रेस नेता यादवमाथि रिपार्टर्स क्लबमा आक्रमण भएको थियो ।

आक्रमणपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बसेर यादवको भाषण सुनेका थिए । उनले भाषण सुनिसकेपछि निस्कने बेला यादवमाथि आक्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved