सरकारले कर्णालीका पहिरोपीडितलाई तत्काल राहत देओस् : जनार्दन शर्मा

नेपालभ्युज

सरकारले कर्णालीका पहिरोपीडितलाई तत्काल राहत देओस् : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुमपश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहितको पहिरोका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उपमहासचिव शर्माले सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै भदौ १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएका रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले त्यहाँको मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने पनि बताए । शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गरे ।

शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved