एसिया कप क्रिकेटमा नेपालले भारतसँग खेल्दै, भारत धेरै दबाबमा

आजको खेलमा नेपाल विजयी भएमा भारत बाहिरिनेछ । तर खेल रद्द भएर १ अंक पाएमा वा विजयी भएमा भने भारत नै अघिल्लो चरणमा पुग्नेछ ।

नेपालभ्युज

एसिया कप क्रिकेटमा नेपालले भारतसँग खेल्दै, भारत धेरै दबाबमा

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेमा दिउँसो सवा ३ बजे सुरु हुँदैछ । नेपाली  क्रिकेटको सिनियर टोलीले पहिलोपटक भारतको सिनियर टोलीसँग एकदिवसीय खेल्न लागेको हो ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले हराएको थियो । भारत भने पाकिस्तानसँगको खेलमा १ अंक लिन सफल भयो । भारत र पाकिस्ताबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

आजको खेलमा नेपाल भन्दा भारत धेरै दबाबमा हुनेछ । किनकी नेपालले एसिया कपलाई आफ्नो उपाधि दाबेदारीको विषय बनाएको छैन् । तर भारत भने अहिलेसम्म ७ पटक उपाधि जितेको टोली हो र उसले उपाधिको दाबी गरिरहेको छ ।

आजको खेलमा नेपाल विजयी भएमा भारत बाहिरिनेछ । तर खेल रद्द भएर १ अंक पाएमा वा विजयी भएमा भने भारत नै अघिल्लो चरणमा पुग्नेछ । भारतका बल जसप्रित बुमराहले आजको खेल गुमाउने भएकाले पनि भारतले दबाब अनुभव गरिरहेको छ ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक मोन्टी देशाइले पनि नेपाल कुनै पनि दबाबमा नरहेको बताइसकेका छन् ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved