मिटरब्याज धन्दा चलाउँदै आएकी सुजाता जेल चलान

नेपालभ्युज

मिटरब्याज धन्दा चलाउँदै आएकी सुजाता जेल चलान

काठमाडौं । मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै साहलाई जेल चलानको आदेश दिएको हो ।

सिरहा घर भएकी उनले  लामो समयदेखी मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुले बताएका छन् ।

गत साउन २४ गते पक्राउ परेकी उनीमाथि  ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved