सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालभ्युज

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना भएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट भीरमा तल सडकै खसेको हो।

दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved