संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियोः महासचिव चन्द

नेपालभ्युज

संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियोः महासचिव चन्द

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् ।

उनले भ्रम प्रचार गर्ने मान्छे पनि सफल नहुने बताए । उनले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरित अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधिनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुपर्ने बताए ।

‘समय आउँछ सामन्तवादले जित्छ की क्रान्तिले जित्छ । समाजवादले जित्छ की दलाल पुँजीपतिहरुले जित्छन् । नेपाल नेपाली जनताको हो । नेपाल देशभक्तहरुको हो । वामपन्थीहरुको हो । परिवर्तनकारी शक्तिहरुको हो’ उनले भने, ‘अमेरिकाले जति षड्यन्त्र गरेपनि कमरेड प्रचण्डले लड्नुभएको छ, ठिकै छ । तर, हामीले भनेका छौं एमसीसी जुन योजनाले ल्याइएको छ । सचेत हुन जरुरी छ । शर्तमाथी शर्त राखिएको छ ।’

‘एउटा असल प्रधानमन्त्री नहुने बित्तिकै नेपाललाई २१ औँ शताब्दीको औपनिवेशमा बदल्ने जुन उद्देश्य देखिन्छ । जबरजस्त विश्व भूमण्डलीकरण र त्यसको ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरित अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने जुन खालको षड्यन्त्र देखिँदैछ । यसमा हामी सचेत हुन जरुरी छ’, उनले थपे ।’

उनले भने, ‘ हाम्रो पार्टीबारे बजारमा हल्ला चलिरहेको छ, विप्लवले संसदमा छिर्ने ठाउँ खोज्दैछ भनेर । त्यति हचुवा, तुच्छ कुरा नगर्नुहोस् । त्यो सबै भ्रम हो । तपाईको त्यो भ्रम कहिल्यैपनि सफल हुँदैन । भ्रम प्रचार गर्ने मान्छेपनि सफल हुँदैनन् । संसद त क्रान्तिको साधन हुनसक्छ नि ।’

उनले देशको स्वाधिनता रक्षा गर्न समाजबादी मोर्चाहरु मिलेर जानुपर्ने बताए। उनले संसदलाई क्रान्तिको साधनको संज्ञा दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved