आठ वर्षपछि नाका खुलेसँगै तातोपानीमा बढ्यो चहलपहल

नाका खुलेसँगै अध्यागमन कार्यालयबाट पास बनाएर यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली चीन गएको छ ।

नेपालभ्युज

आठ वर्षपछि नाका खुलेसँगै तातोपानीमा बढ्यो चहलपहल

सिन्धुपाल्चोक । आठ वर्षअघि भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा चहलपहल बढेको छ । नेपाल-चीनबीचको एक मात्र व्यापारिक नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै यहाँका स्थानीय पनि खुसी भएका छन् ।

यो नाका शुक्रबारदेखि सर्वसाधारणका लागि पनि खुलाइएको हो । नाका खुलेसँगै अध्यागमन कार्यालयबाट पास बनाएर यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली चीन गएको छ ।

त्यस्तै सयौं सिन्धुपाल्चोकबासी पनि मितेरी पुल तरेर पारि गएका छन् ।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।

यो चीन र नेपालबीचको प्रमुख व्यापारिक नाका हो । नाका बन्द भएसँगै यस क्षेत्रका हजारौं व्यवसायी मर्कामा परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved