पाकिस्तानविरुद्ध संघर्षरत नेपालले गुमायो नवौं विकेट

नेपालभ्युज

पाकिस्तानविरुद्ध संघर्षरत नेपालले गुमायो नवौं विकेट

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले नवौं विकेट पनि गुमाएको छ ।

बीसौं ओभरको पाँचौं बलमा मोहम्मद नवाजले दिपेन्द्र सिंह ऐरीलाई आउट गरे । उनी ११ बलमा ३ रन जोडेर खेलिरहेका थिए । २१ औं ओभरमा गुल्सन झा र सन्दीप लामिछाने आउट भए भने लगत्तै ठूला शट खेलिरहेका कुशल मल्ल पनि आउट भए ।

करण केसी र ललित राजवंशी नेपालका लागि ब्याटिङ गरिरहेका छन् । नेपाल २३ ओभरमा १०४ रन जोडेर खेलिरहेको छ ।

खराब सुरुवात गरेको नेपालले सुरुवाती दुई १० बलमै ३ विकेट गुमाएको थियो । त्यसपछि सोमपाल कामी र आरिफ शेखले नेपालको पारी सम्हाल्ने प्रयास गर्दै चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । तर १४औं ओभरको चौथो बलमा हरिश राउफले सोमपाल र आरिफको साझेदारी तोडे ।

आरिफ २६ रनमा आउट भए । १७औं ओभरमा उनले नै सोमपाललाई २८ रनमा पभेलियनको बाटो देखाएका छन् ।

यसअघि पहिलो ओभरको शाहीन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल र अर्को बलमा कप्तान रोहितकुमार पौडेल नेपनि आउट भएका थिए ।

दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भएका थिए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमदले क्याच गरेका थिए ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले १५१ रन बनाए भने इफ्तिखार १०९ रनमा अविजित रहे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved