सर्रे अम्बासको झुपडीमा एमालेका सुकिला-मुकिला नेताहरू (तस्वीरहरु)

करिब ३४ वर्षपछि सोही स्थान सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमामा सचिवालय बैठक बसेको हो।

नेपालभ्युज

सर्रे अम्बासको झुपडीमा एमालेका सुकिला-मुकिला नेताहरू (तस्वीरहरु)

काठमाडौं। मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँ सर्रे अम्बासमा एमालेको सचिवालय बैठक सुरु भएको छ। करिब ३४ वर्षपछि सोही स्थान सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमामा सचिवालय बैठक बसेको हो।

तत्कालीन विष्णुपुरमा विक्रम संवत् २०४५ भदौ ९ गते भएको तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीको विचार र नेतृत्व स्थापित गरेको थियो।

सोही दिन पारेर एमाले केन्द्रीय सचिवालयको बैठक महाधिवेशन भएको ठाउँमै बसेको हो। बैठक बसेको ठाउँ काठको घर तत्कालीन नेकपा मालेको महाधिवेशनका लागि पार्टीले बनाएको थियो। काठको झुप्रो घर अहिले पनि संरक्षण गरेर राखिएको छ। सोही घरमा एमालेको बैठक बसेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका सचिवालय सदस्य छन्। सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको एमाले जनाएको छ। बैठकका चल्दैगर्दा नेता–कार्यकर्ताहरूको चहलपहल बढेको छ।

हेरौँ बैठकस्थलको केही तस्वीरहरूः

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved