कतारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गर्ने महिला पक्राउ

नेपालभ्युज

कतारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। कतार आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौंको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन् ।

प्रहरीका अनुसार अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन बनेकी  हुन् ।

वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले अधिकारीलाई बुधबार गोंगबुबाट पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved