फेसबुकबाट ब्ल्याकमेल गरेको आरोपमा एकजना पक्राउ

नेपालभ्युज

फेसबुकबाट ब्ल्याकमेल गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ का २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटीहरुलाई साथी बनाई प्रेमजालमा पारेर विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाताबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved