बलिउडका यी कलाकारहरू जो डिप्रेसनको शिकार भइसकेका छन्

नेपालभ्युज

बलिउडका यी कलाकारहरू जो डिप्रेसनको शिकार भइसकेका छन्

एजेन्सी । डिप्रेसन एउटा जटिल समस्या हो, जसले मानसिक स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्न सक्छ । यसले मुटु, छाला आदिसँगै मेटाबोलिज्ममा पनि असर पार्न सक्छ ।

स्वस्थ खान र जीवनशैली अपनाएर यसलाई कम भने गर्न सकिन्छ । यस्तोमा केही बलिउड कलाकार छन् जो यस्तो समस्याको शिकार भइसकेका छन् । आउनुहोस् जानौं उनीहरूको बारेमा ।

दीपिका पादुकोण

केही वर्षअघि अभिनेत्री दीपिका पादुकोणले डिप्रेसनको भएको खुलासा गरेकी थिइन् । उनी डिप्रेसनको क्रममा समस्या मानिससँग लुकाउने गर्थिन् । उनका अनुसार डिप्रेसनका कारण उनी पूर्णरूपमा टुक्रिसकेकी थिइन् । यसक्रममा उनलाई सुत्न मात्र मन लाग्थ्यो । दीपिकाका अनुसार उनकी आमाले यस समस्याको समयमा उनलाई ठीक गर्न सहयोग गरेकी थिइन् । अहिले दीपिका पूर्णरूपमा स्वस्थ छिन् ।

शाहरुख खान

बलिउड किंग शाहरुख खानले पनि आफ्नो डिप्रेसनको यात्राको खुलासा गरेका थिए । उनले केही वर्षअघि आफूलाई काँधमा चोट लागेको थियो, त्यसपछि उनको फिल्महरूमा प्रदर्शन पनि राम्रो भएको थिएन । त्यो समय उनको डिप्रेसनको कारण बन्न गएको थियो । अहिले उनले आफ्नो मानसिक स्वास्थ्य एकदमै राम्रो बनाइसकेका छन् ।

हनी सिंह

बलिउड गायक हनी सिंह वर्षौंसम्म लामो समय डिप्रेसनमा गएका थिए । उनलाई बाइपोलर डिसअर्डर नामक बिमारी भएको थियो, जसले उनी एक्लोपनाको शिकार पनि भएका थिए । यस क्रममा उनी पूर्ण रूपमा हार खाइसकेका थिए । यसका लागि उनी पुनर्स्थापना केन्द्रसम्म पुगेका थिए । सन् २०१९ देखि भने उनको मानसिक स्थिति पूर्ण रूपमा स्वस्थ भइसकेको छ ।

टाइगर श्राफ

बलिउडका तन्दुरुस्त अभिनेता मानिने टाइगर श्राफ समेत यस समस्याबाट बच्न सकेनन् । उनले आफ्नो डिप्रेसनको बारेमा बताए जब उनको फिल्म ‘द फ्लाइंग जट’ बक्स अफिसमा पूर्ण रूपमा फ्लप भएको थियो । उनी डिप्रेसनको शिकार भएका थिए । केही समय यस्तै स्थितिमा रहेपछि उनले आफ्नो मानसिक स्थितिमा सुधार ल्याए र डिप्रेसनलाई निको पारे ।

कपिल शर्मा

सबैलाई हँसाउने कपिल शर्मा एक समयमा आफू नै डिप्रेसनको शिकार हुन पुगेका थिए । उक्त समयमा उनले टेलिभिजनबाट समेत आफूलाई टाढा राखे । भारतको बैंग्लोरमा उपचार गरेपछि उनी विस्तारै निको हुँदै गए । जो अहिले पुनः आफ्नो काममा लागेका छन् । अहिले उनी स्वस्थ भएको बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved