उपचारका क्रममा बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव

नेपालभ्युज

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव

गुल्मी। गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलबार बिहान सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्युपछि  बालिकाको आफन्तहरूले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन्  । उनीहरूले उग्ररूपमा प्रदर्शन गरेपछि अस्पताल  तनावग्रस्त भएको हो ।

सामान्य पेट दुखेर सोमबार अस्पताल ल्याइएको बालिकाको दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । तर, बालिकाको के कारणले मृत्यु भएको हो भन्नेबारे अझै  कारण नखुलेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।

अस्पताल तनावग्रस्त बनेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved