वर्षौं ‘डेटिङ’ गरेर छुट्टिएका यी बलिउड सेलिब्रेटी

नेपालभ्युज

वर्षौं ‘डेटिङ’ गरेर छुट्टिएका यी बलिउड सेलिब्रेटी

एजेन्सी। बलिउडमा यस्ता धेरै सेलिब्रेटीहरू छन् जसले लामो समयसम्म प्रेम सम्बन्धमा रहेर पछि छुट्टिएका थिए । आज ती सेलिब्रेटीबारे चर्चा गर्दैछौं ।

बिपाशा वसु र जोन अब्राहम

बलिउड अभिनेत्री बिपाशा वसु र जोन अब्राहम नौ वर्षसम्म सम्बन्धमा बसेका थिए । ९ वर्षपछि दुवैले आफूहरू अलग भएको समाचार दिएर सबैलाई चकित पारिदिएका थिए ।

सलमान खान र कैटरिना कैफ

सलमान खान र कैटरिना कैफ पनि करिब सात वर्षसम्म साथसाथ थिए, तर पनि उनीहरूको प्रेम सफल हुन सकेन ।

सुष्मिता सेन र रोहमन शल

अभिनेत्री सुष्मिता सेन तीन वर्षसम्म रोहमन शलको साथमा रिलेसनसिपमा बसेकी थिइन् । पछि दुवै आ-आफ्नो बाटो लागेको कुरा बताएका थिए ।

रणवीर कपुर र कैटरिना कैफ

कैटरिना कैफ र रणवीर कपुर पनि करिब सात वर्षको सम्बन्धलाई तोडेर आ–आफ्नो बाटो लागेका थिए । उनीहरूको सम्बन्ध विवाहको कुरासम्म पुगिसकेको थियो ।

शाहिद कपुर र करिना कपुर

शाहिद कपुर र करिना कपुरले पनि करिब पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए । अलग भएपछि उनीको सम्बन्ध दुश्मनीपूर्ण भयो ।

रवीना टन्डन र अक्षय कुमार

रवीना टन्डन र अक्षय कुमार पनि तीन वर्षसम्म सम्बन्धमा रहेपछि छुट्एिका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved