सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । २० दशमलव ५४ अंकले घटेर शेयर बजार परिसूचक १९९३ दशमलव ३८ विन्दुमा पुगेको हो ।

आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।

आज ३ दशमलव ४४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ११ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved