गदर– २ ले तोड्यो केजीएफको कीर्तिमान, बाहुबली–२ र पठानको रेकर्ड ब्रेकको संघारमा

नेपालभ्युज

गदर– २ ले तोड्यो केजीएफको कीर्तिमान, बाहुबली–२ र पठानको रेकर्ड ब्रेकको संघारमा

सन्नी देवल अभिनीत बलिवुड फिल्म गदर–२ हिन्दी फिल्म इतिहासमा तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। यसभन्दा अगाडि दुईवटा मात्र फिल्म छन्, बाहुबली–२ (हिन्दी संस्करण) र शाहरुख खानको पठान। पठानले जम्मा ५४३ करोड रुपैयाँ कमाएको थियो भने बाहुबली–२ को हिन्दी संस्करणले ५१० करोडको कमाई गरेको थियो।

गदर–२ ले नयाँ कीर्तिमान बनाउनेक्रम जारी रहेको छ। फिल्मले शनिबार १३.७५ करोड भारु कमाएसँगै केजीएफ–२ को कीर्तिमान तोडेको छ।

योसँगै फिल्मले भारतीय बक्सअफिसमा अहिलेसम्म ४३९.९५ करोड भारु कमाई गरेको छ । योसँगै गदर–२ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ।

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो। केजीएफ–२ को हिन्दी संस्करणले ४३४.७० करोडको लाइफटाइम कलेक्सन गरेको थियो।

अब गदर–२ को निशाना बाहुबली–२ को रेकर्डप्रति हुनेछ। अब यस फिल्मले बहुबाली–२ को कमाईलाई उछिन्न ६० करोड कमाई गर्नुपर्ने हुन्छ। पठानको कीर्तिमानमा पुग्न अझै १०० करोड कमाई गर्नुपर्ने हुन्छ।

चलचित्र अहिले तेस्रो हप्तामा पुगेपनि यसको क्रेज भने कम भएको छैन। चलचित्र चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ चलचित्रको तुलनामा यसको कमाई राम्रो छ। गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved