यी बलिउड अभिनेत्री जसले क्रिकेटरसँग गरे विवाह

नेपालभ्युज

यी बलिउड अभिनेत्री जसले क्रिकेटरसँग गरे विवाह

एजेन्सी। धेरै बलिउड अभिनेत्री छन् जसले क्रिकेटरसँग विवाह गरेका छन् । यसै मध्ये पर्छिन् अथिया शेट्टी । उनले हालै आफ्ना ब्वायफ्रेन्ड क्रिकेटर केएल राहुलसँग विवाह गरेकी छन् ।

अलराउन्डर हरभजन सिंहले बलिउड अभिनेत्री गीता बसरासँग सन् २०१५ मा विवाह गरेका थिए ।

यस्तै, बलिउड अभिनेत्री अनुष्का शर्माले सन् २०१७ मा क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी छन् । त्यस्तै, क्रिकेटर युवराज सिंहकी श्रीमती हेजल किचले पनि बलिउडमा केही समय काम गरेकी थिइन् ।

सन् २०१९ मा क्रिकेटर हार्दिक पान्ड्याले पनि कलाकार नताशा स्टेनकोविकसँग आफ्नो सम्बन्ध भएको जानकारी दिएका थिए ।

बलिउडकी चर्चित अभिनेत्री शर्मिला टैगोरले पनि क्रिकेटर मंसुर अली खान पटौदीसँग विवाह गरेकी थिइन् ।

त्यस्तै, अभिनेत्री रिना रोयले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved