ज्योतिषशास्त्र अनुसार यी राशी भएकाले लगाउनु हुँदैन चाँदीका गहना

नेपालभ्युज

ज्योतिषशास्त्र अनुसार यी राशी भएकाले लगाउनु हुँदैन चाँदीका गहना

एजेन्सी। ज्योतिष शास्त्रमा कुनै पनि धातुको आ-आफ्नै महत्त्व दर्शाइएको छ । साथमा विभिन्न धातुका फरक-फरक लाभ हुने भनिएको छ । यीमध्ये फलामलाई शनिको धातु मानिन्छ, सुनलाई गुरु बृहस्पतिको धातु मानिन्छ भने चाँदी धातुमाथि चन्द्रमाको शासन हुन्छ ।

ज्योतिषशास्त्रमा चन्द्रमालाई जलसँग सम्बन्धित मानिन्छ । यो ग्रहलाई शीतलता र चञ्चलको कारक मानिन्छ । त्यस्तै, १२ वटा राशीमध्ये  सबैका लागि कुनै न कुनै धातु शुभ मानिन्छ । त्यहीँ कतिपय राशीलाई अग्नि तत्त्व, केही राशीलाई जल तत्त्व, केहीलाई पृथ्वी तत्त्व तथा केही राशीलाई वायु तत्व मानिन्छ ।

ज्योतिषशास्त्रअनुसार कतिपय राशीलाई चाँदी धातु शुभ मानिँदैन । केही राशीलाई भने चाँदीका गहना लगाउने सल्लाह दिइन्छ । शास्त्रअनुसार मेष, धनुष तथा सिंह राशीलाई चाँदीका गहना नलगाउने सल्लाह दिइन्छ । यी तीनवटै राशी अग्नि तत्त्वसँग सम्बन्धित भएकाले चाँदी धातु अनुकूल मानिँदैन ।

ज्योतिष शास्त्रलाई मान्ने हो भने यी दुवै तत्त्व एक-अर्काका विपरित हुन्छन् । यदि यी दुवै तत्त्व एक-अर्कामा मिले भने पनि फाइदाभन्दा धेरै नोक्सान नै हुन थाल्छ । यदि, तपाईंको राशि पनि यी तीनमध्ये एक छ भने चाँदीको गहना नलगाउन ज्योतिषले सल्लाह दिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved