ललितानिवास प्रकरणमा सरकारले सीआइबीको अनुसन्धान मोडायो : एमाले

नेपालभ्युज

ललितानिवास प्रकरणमा सरकारले सीआइबीको अनुसन्धान मोडायो : एमाले

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले ललितानिवास प्रकरणमा सीआइबीको अनुसन्धानलाई सरकारले प्रभावित पारेको आरोप लगाएका छन् ।

सीआइबीको अनुसन्धान पूर्वप्रधानमन्त्रीमा पुगेपछि सरकारले जबरजस्त मोडाएको उनको आरोप छ ।

एमालेलाई सरकारी संयन्त्रप्रति विश्वास भए पनि सरकारप्रति नै शंका भएको उनको भनाइ थियो ।

त्यस्तै नौ किलो सुन तस्करी प्रकरणमा पनि सरकारले माओवादी नेता कृष्णबहादुर महरालाई जोगाउन खोजेको उनको आरोप छ ।

बुधबारको संसद् बैठकमा बोल्दै भट्टराईले एमालेका लागि संसद् सधैं प्रिय रहेको पनि बताएका छन् ।

विगतदेखि नै एमालेले संसद्को गरिमा बढाउने काम गरेको भन्दै सांसद भट्टराईले पछिल्लो समय सरकार नै सदन अवरुद्ध गर्न अग्रसर भएको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved