धादिङ दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुल्यो

नेपालभ्युज

धादिङ दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुल्यो

काठमाडौं । धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुलेको छ ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका– ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका– १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४–२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४–२५ वर्षका सुमन थापाको परिचय खुलेको हो ।

दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको छहरानजिकै दुर्घटना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved