कांग्रेस घिउ हो, रास्वपा घिउको बास्ना मात्रै हो : मिन विश्वकर्मा

नेपालभ्युज

कांग्रेस घिउ हो, रास्वपा घिउको बास्ना मात्रै हो : मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गरेका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे ।

समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाई थियो । नेता विश्वकर्माले नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए ।

‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाई छ । यति फरक छ । हाम्रो पार्टी समाजमै छ । र, केही पार्टी सामाजिक सञ्जालमा छन् । यसलाई हामीले यसरी बुझेका छौं’ उनले भने, ‘ हामीले के बुझेका छौं भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने ? यसैका लागि हामीले के भन्यौं भने अव यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊनै बेच्ने भन्ने कुरा हो । घिउ जस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो ।’

त्यस अवसरमा नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गरेका थिए । उनले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved