भुटानी शरणार्थी प्रकरण छानबिनका लागि पनि समिति बनाउनुपर्ने माग

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरण छानबिनका लागि पनि समिति बनाउनुपर्ने माग
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरण सुन तस्करीभन्दा पनि ठूलो भएकाले छानबिनका लागि समिति बनाउनुपर्ने उनको भनाइ थियो ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त हुने तर्कसमेत गरे ।

संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ थियो ।

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved