पर्वतारोही पूर्णिमालाई विमानस्थलमा स्वागत

नेपालभ्युज

पर्वतारोही पूर्णिमालाई विमानस्थलमा स्वागत

काठमाडौं । यसपालिको वसन्त ऋतुमा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही पूर्णिमा श्रेष्ठ काठमाडौं आइपुगेकी छन् ।

लुक्लाबाट काठमाडौं आएकी श्रेष्ठलाई आफन्त, परिवारजन र शुभेच्छुकले विमानस्थलमा स्वागत गरेका छन् ।

श्रेष्ठले यो सिजनमा पहिलो पटक मे १२ तारिखमा,  दोस्रो पटक मे १९ मा र तेस्रो पटक मे २५ मा सगरमाथाको शिखर चुमेकी थिइन्।

फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गर्ने पहिलो महिलाको कीर्तिमान बनाएकी छिन्।

यो कीर्तिमानसहित उनले चौथो पटक सगरमाथाको आरोहण गरेकी हुन् । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुको आरोहण गरेकी थिइन् । उनले मनास्लु, अन्नपूर्ण प्रथम, धवलागिरी लगायतका हिमालहरूको समेत सफल आरोहण गरिसकेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved