तेस्रो पटक म्याद थप्न सिरोहियालाई अदालत लगियो

नेपालभ्युज

तेस्रो पटक म्याद थप्न सिरोहियालाई अदालत लगियो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत, धनुषा लगिएको छ ।

प्रादेशिक अस्पतालमा भर्ना भएका सिरोहियालाई एम्बुलेन्समा राखेर अदालत लगिएको हो ।

अदालतले अनुसन्धानका लागि पहिलो र दोस्रो पटक ३/३ दिनको म्याद प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved