सर्पको टोकाइले बालकको मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

नेपालभ्युज

सर्पको टोकाइले बालकको मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

सुर्खेत । सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोल चुनारालाई सर्पले टोकेर मृत्यु हुँदा आफन्तले सडक अवरुद्ध गरेका छन् ।

सर्पको टोकाइबाट मृत्यु भएका चुनाराका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध गरेका हुन् ।

सर्पले टोकेका बालकलाई सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि मेहलकुना अस्पताल रेफर उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिबार बोटोमै मृत्यु भएको थियो ।

बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोडसमेत गरेका थिए ।

आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved