पपुवा न्युगिनीमा पहिरो : २ हजारभन्दा बढी मानिस पुरिएको आशंका

नेपालभ्युज

पपुवा न्युगिनीमा पहिरो : २ हजारभन्दा बढी मानिस पुरिएको आशंका

काठमाडौं । पपुवा न्युगिनीमा गत शुक्रबार गएको पहिरोमा झण्डै दुई हजारभन्दा बढी मानिस पुरिएको आशंका गरिएको छ । बीबीसीका अनुसार एक सरकारी निकायले यस्तो जानकारी दिएको हो ।

राष्ट्रिय प्रकोप केन्द्रकाअनुसार शुक्रबार गएको पहिरोमा दुई हजारभन्दा बढी मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । आइतबार संयुक्त राष्ट्रसंघले भग्नावशेषमुनि ६७० जना पुरिएको हुन सक्ने आशंका व्यक्त गरेको थियो ।

राष्ट्रिय प्रकोप केन्द्रले राहत र उद्धार टोलीले निरन्तर काम गरिरहेको जानकारी दिएको छ । तर, प्रभावित क्षेत्रका स्थानीयवासी अझै ठूलो राहत र उद्धार कार्यको पर्खाइमा छन् ।

एक स्थानीय बासिन्दाले आफ्नो परिवारका धेरै सदस्य भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘मेरो परिवारका १८ सदस्य भग्नावशेषमुनि दबिएका छन् । गाउँका धेरै परिवारका सदस्यहरू भग्नावशेषमुनि पुरिएका हुन सक्छन् । म तिनीहरूलाई गणना गर्न पनि सक्दिनँ ।’

पहिरो गएको सो क्षेत्रमा करिब ३८०० मानिस बसोबास गर्दै आएका थिए । यो क्षेत्र राजधानी मोरेस्बीबाट ६०० किलोमिटर उत्तर-पश्चिममा पर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved