केन्द्रीय समितिमा माधव नेपालको प्रतिवेदन- सत्ताघटक अन्य दल नै एकीकृत समाजवादीको ‘खास शक्ति’

उनले सत्तागठबन्धन र समाजवादी मोर्चा नै एकीकृत समाजवादीको शक्ति भएको उल्लेख गर्दै अझै लामो सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

नेपालभ्युज

केन्द्रीय समितिमा माधव नेपालको प्रतिवेदन- सत्ताघटक अन्य दल नै एकीकृत समाजवादीको ‘खास शक्ति’

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आजदेखि सुरु केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा एमालेसहित अहिलेका प्रतिपक्षी दलप्रति कडा र सत्ताघटक दलहरुप्रति नरम भएर प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सत्तागठबन्धन र समाजवादी मोर्चा नै एकीकृत समाजवादीको शक्ति भएको उल्लेख गर्दै अझै लामो सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

उनले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी निर्माण गर्नुको औचित्य क्रमशः पुष्टि हुँदै गएको दाबी पनि गरेका छन् ।

त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको पक्ष लिएका छन् ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सम्पूर्ण केन्द्रीय सदस्यलाई बाँडिएको छ । अध्यक्ष नेपालले औपचारिकरुपमा प्रतिवेदन प्रस्तुत गर्न भने बाँकी छ ।

एकीकृत समाजवादीको बैठक तीन दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved