दुर्व्यवहार गर्नेविरुद्ध धरानका मेयर साम्पाङको उजुरी

नेपालभ्युज

दुर्व्यवहार गर्नेविरुद्ध धरानका मेयर साम्पाङको उजुरी

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि बारम्बार दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् । सोमबार फेसबुमा स्टाटस लेख्दै मेयर साम्पाङले आफूलाई दुर्व्यवहार गर्नेविरुद्ध उजुरी दिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ममाथि बारम्बार भएको दुर्व्यवहारविरुद्ध उजुरी दिएको छु । हेरौं प्रहरीले के गर्दो रहेछ । अन्यथा पत्रकार सम्मेलन गर्नेछु । लोकतन्त्र छ कि छैन देशमा बुझ्नुपर्ने हुन्छ । जय देश ।’

उनले उक्त स्टाटस लेखेको केहीबेरपछि फेरि लेखेका छन्, ‘प्रहरीले तुरुन्त एक्सन लिओस् ! अन्यथा…’

उनले कसले, कहाँ, कसरी दुर्व्यवहार गरेको भन्ने खुलाएका छैनन् ।

पछिल्लो समय उनी अभिव्यक्तिकै कारण अनेक विवादमा मुछिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved