सानोठिमीको सुधार गृहबाट भागेका ८६ बन्दी प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

सानोठिमीको सुधार गृहबाट भागेका ८६ बन्दी प्रहरीको नियन्त्रणमा

काठमाडौं । भक्तपुरको एक सुधार गृहबाट भागेका ८६ बन्दी काठमाडौंमा पक्राउ परेका छन् ।

भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट भागेका उनीहरु काठमाडौंको कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

फरार २२१ बन्दीमध्ये ८६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालसुधार गृहमा ‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो ।

झडपको क्रममा बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved