ललितानिवास प्रकरण

सीआईबीले माधव नेपालको घरमै पुगेर लियो बयान

सिआइबीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपालनिवास कोटेश्वरमै पुगेर बयान लिएको हो ।

नेपालभ्युज

सीआईबीले माधव नेपालको घरमै पुगेर लियो बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ ।

सीआईबीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपालनिवास कोटेश्वरमै पुगेर बयान लिएको हो ।

सीआईबीले सोही प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि बयान लिएको छ । उनीहरु दुवैसँग गएराति बयान लिएको सीआईबीले जनाएको छ ।

उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले नीतिगत निर्णय गराएको आरोप छ ।

सर्वोच्च अदालतले यस प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved