मलाइका-अर्जुनको साँच्चै ब्रेकअप भएको हो ?

नेपालभ्युज

मलाइका-अर्जुनको साँच्चै ब्रेकअप भएको हो ?

एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुरको मलाइकासँग डेटिङ खबर त प्रायः मिडियामा आइरहेका हुन्छन् । प्रायः उनीहरू कैयौं पार्टी तथा कार्यक्रमहरूमा सँगै सहभागी भइरहेका पनि हुन्छन् । लामो समयदेखि उनीहरू एकअर्कासँग सम्बन्धमा छन् । दुवैको सम्बन्ध सुरु भएको करिब तीन वर्ष भइसकेको छ ।

मलाइका र अर्जुन सामाजिक सञ्जालमा आफूहरूको एक-अर्काप्रति प्रेम बयान गर्नबाट कहिल्यै पनि हिच्किचाउँदैनन् । कैयौंपटक उनीहरू सामाजिक सञ्जालमा ट्रोल पनि भएका छन् । तर, पनि दुवैले एक-अर्काको साथ भने कहिल्यै छोडेनन् ।

अहिले अचानक यस्तो खबर आइरहेको छ कि विगत केही समयदेखि उनीहरूको सम्बन्ध राम्रो चलिरहेको छैन । जुन खबरलाई अझै हावा दिने काम गरेको छ अर्जुन एक्लै घुम्न जानु । अर्जुन कपुरले आफ्नो तत्कालको एक्लै छुट्टि मनाइरहेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जसलाई देखेर उनका फ्यानहरूले मलाइकासँगको ब्रेकअपको शंका गरिरहेका छन् ।

त्यसैगरी, मलाइकाले सधैं अर्जुनका हरेक पोस्टहरूमा कमेन्ट गरिरहेकी हुन्थिन् । तर, अहिले उनी एक्लै घुम्न गएका तस्वीर तथा भिडियोहरूमा उनका कुनै पनि प्रतिक्रिया नआउनुलाई पनि सबैले उनीहरूबीच सम्बन्ध सही चलिरहेको छैन भनेर आशंका गरेका हुन् । त्यसरी नै अहिले धेरै पार्टी तथा कार्यक्रमहरूमा पनि मलाइका एक्लै देखिएकी हुन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved