प्रतिनिधिसभा बैठक बस्दै,  एमालेले अवरोध हटाउला त ?

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै,  एमालेले अवरोध हटाउला त ?

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

तर गएको साउन १० गतेदेखि बैठक अवरुद्ध गरिरहेको नेकपा एमालेले आज पनि अवरोध कायमै राख्ने सम्भावना छ । शनिबार भएको एक कार्यक्रममा भने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका थिए ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराउने लगायतका विषयमा जानकारी दिने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved