भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

नेपालभ्युज

भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो ।

त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्म कि, खहरे खोला, नदीहरू मिचेर समेत घर, भवनहरू निजी स्वार्थका लागि बनाइएको पाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरूमा महानगरले डोजर चलाएको थियो ।

खोला खोलेपछि कपन मिलनचोक ।

त्यति मात्रै होइन, हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुसीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरूलगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर, यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञझैं छ । भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन ।

खोला हेर्दै कपन मिलनचोकका बासिन्दा ।

महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन । किनभने महानगरपालिकाले संरचनाहरू भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन ।

कपनका खोला उत्खननका क्रममा साततले ।

भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुसी नदी उत्खननपछि खोला किनारका पसलहरूको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरू हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ ।

कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस् । कतै पनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन ।

हात्तिसारमा टुकुचा खोलामाथि खनेपछि उम्रेको झारपात ।

त्यसैले, महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् ।

फोटो  : न्युज एजेन्सी नेपाल 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved