टीकापुर घटनामा रेशम चौधरी दोषी भएको सर्वोच्चको ठहर, बदर होला माफीमिनाहा ?

सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफीमिनाहा बदर हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उब्जिएको छ ।

नेपालभ्युज

टीकापुर घटनामा रेशम चौधरी दोषी भएको सर्वोच्चको ठहर, बदर होला माफीमिनाहा ?

काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा प्रहरी अफिसरसहित ८ जनाको हत्या भएको घटनामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी दोषी भएको ठहर गरेको छ ।

अदालतले घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनेको छ । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहामाथि गम्भीर प्रश्न उठेको छ ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ–

रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।

सर्वोच्च अदालतको यो फैसलाले रेशम चौधरीमाथिको माफीमिनाहा बदर हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उब्जिएको छ । कतिपय कानून व्यवसायीले सर्वोच्चबाट यस्तो फैसला आएपछि राष्ट्रपतिले दिएको आममाफी उल्टिने तर्क गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved