कांग्रेस बैठकमा देउवाको जवाफ- कर तिरेर जति पनि सुन ल्याउन पाउनुपर्छ

नेपालभ्युज

कांग्रेस बैठकमा देउवाको जवाफ- कर तिरेर जति पनि सुन ल्याउन पाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर सुन ल्याउन पाउनुपर्ने जवाफ दिएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सभापति देउवाले तस्करी नियन्त्रण गर्न कर तिरेर सुन ल्याउन पाउनुपर्ने बताएका हुन् ।

देउवाले भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’

हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved