शिक्षा विधेयक संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालभ्युज

शिक्षा विधेयक संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित शिक्षा विधेयक संशोधन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रिपरिषद्मा आएको विधेयकका कतिपय बुँदा अनाधिकृतरुपमा हेरफेर गरिएको भन्दै उनले पारित हुनुभन्दा पहिला संशोधन हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शुक्रबार मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका समस्या पनि समाधान गर्ने बताए ।

उनले नयाँ संकल्पसहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए ।

‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न म आफैँले एउटा नयाँ संकल्प लिएको छु’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागिपरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved