यातायात व्यवसायी आन्दोलित, पठाओ बन्द हुनुपर्नेदेखि भन्सार छुटसम्मका माग (तस्वीरहरु)

निजी नम्बर प्लेटका सवारीसाधन भाडामा प्रयोग हुन नहुने, नेपाली भूमिमा भारतीय नम्बर प्लेटका गाडीलाई निषेध गर्नुपर्ने जस्ता माग राखेर उनीहरु आन्दोलित भएका हुन् ।

यातायात व्यवसायी आन्दोलित, पठाओ बन्द हुनुपर्नेदेखि भन्सार छुटसम्मका माग (तस्वीरहरु)

काठमाडौं । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा चालकहरूले आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि ५० भन्दा बढी ट्याक्सी रोकेर विरोध जनाएका छन् ।

निजी नम्बर प्लेटका सवारीसाधन भाडामा प्रयोग हुन नहुने, नेपाली भूमिमा भारतीय नम्बर प्लेटका गाडीलाई निषेध गर्नुपर्ने जस्ता माग राखेर उनीहरु आन्दोलित भएका हुन् ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, देशभरको ट्याक्सी भाडादर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनुपर्ने उनीहरुको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved