गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिइरहँदा संसद्का अधिकांश कुर्सी रित्तै

गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिइरहँदा संसद्का अधिकांश कुर्सी रित्तै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीबारे सदनमा जवाफ दिइरहँदा अधिकांश सांसद भने बाहिरिएका छन् ।

गृहमन्त्री श्रेष्ठ रोष्ट्रममा उभिएर बोलिरहँदा सांसदहरु भने फुत्त–फुत्त बाहिरिरहेका थिए । सांसदहरुसँगै ठूला दलका शीर्ष नेताहरु पनि संसदमा थिएनन् ।

यसअघि सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले जवाफ नदिएको भन्दै आलोचना भइरहेको थियो । नेकपा एमालेले पनि सदनमा गृहमन्त्रीले जवाफ दिने भनेपछि सदन चल्न दिएको हो ।

सुन तस्करी छानबिनका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले साउन १० गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएको थियो ।

आजको संसदमा बोल्ने प्रतिपक्षी दलका सांसदले छानबिन समिति बनाउन सरकारले आनाकानी गर्नुपर्ने कारण नभएको तर्क गरे भने सत्तापक्षका सांसदले सीआईबीमाथि विश्वास गर्नुपर्ने मत राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved