तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै जंगिए लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आक्रोश पोखेका छन् ।

नेपालभ्युज

तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै जंगिए लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आक्रोश पोखेका छन् । सांसद्‍मा बोल्दै अध्यक्ष लिङ्देनले तीन दलले आफूहरुलाई निषेध गर्न खोजेको आरोपसमेत लगाए ।

‘अहिले संसद्ले कसैलाई पनि निषेध गर्ने परिकल्पना गर्न सक्दैन’, लिङ्देनले भने, ‘तर संसदलाई नै तीन ठूला भनिने दलले संसद्लाई बन्धक बनाउन मिल्छ ?’

संसदीय समितिका सभापतिको भागबण्डामा आफूहरुलाई उपेक्षा गरेकोमा पनि उनले रोष प्रकट परे ।

देशको अर्थस्थिति नाजुक भए पनि त्यसलाई सल्टाउन सरकारले कुनै पहल नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved