सेयर बजारमा दोहोरो अंकले गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकले गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । मौद्रिक नीतिपछि घटिरहेको नेप्से मंगलबार २८.४० अंकले गिरावट भएको हो ।

मंगलबार सबै उपसूचकमा गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.७० प्रतिशत र वित्त कम्पनी उपसूचक २.६९ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै अन्य उपसूचक १.७६ र हाइड्रोपावर उपसूचक १.७४ प्रतिशतले गिरावट भएका छन् । यस्तै, बैंकिङ उपसूचक १.०४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७४ हजार २५७ वटा कारोबारमा ४८ लाख ६० हजार ७४१ कित्ता सूचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको मात्रै कारोबार भएको हो ।

आज नेप्सेमा २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved