रोल्पा दुर्घटनाका चार घाइतेको मृत्यु

नेपालभ्युज

रोल्पा दुर्घटनाका चार घाइतेको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ ।

परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेहरुमा रोल्पाको माडी गाउँपालिका– २ का प्रकाश बाँठा, माडी गाउँपालिका– ४ का गोर्खे डाँगी र उनकी श्रीमती हस्त डाँगी र परिवर्तन गाउँपालिका–३ का भक्तबहादुर विक छन् ।

बस मंगलबार दिउँसो १ बजेतिर बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा १९ यात्रु सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved