‘८० सालको गाईजात्रा’ भदौ १३ देखि प्रज्ञा भवनमा

नेपालभ्युज

‘८० सालको गाईजात्रा’ भदौ १३ देखि प्रज्ञा भवनमा

काठमाडौं।  कमलादीस्थित प्रज्ञाभवनमा यो वर्ष गाईजात्रा आयोजना हुने भएको छ । कोरोना महामारीपछिको पहिलो पहिलोपटक प्रज्ञाभवनमा पुन: गाईजात्रा हुन लागेको हो।

भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अंकल’, सीता न्यौपाने, राधिका कँडेल, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

यस वर्ष उपत्यका बाहिर पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुनेछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

सधैंझैँ यसपटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण हुने बताइएको छ ।

अहिले सात एपिसोडमा प्रसारण हुने ‘डिजिटल गाईजात्रा’ अर्को पोस्ट प्रोडक्सन सकेर कलाकारहरू रङ्गमञ्चमा हुने ‘८० सालको गाईजात्रा’ को तयारीमा व्यस्त छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved