स्पेनले समुद्र-तट जोगाउन उडायो ड्रोन

नेपालभ्युज

स्पेनले समुद्र-तट जोगाउन उडायो ड्रोन

काठमाडौं । स्पेनले समुद्र-तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ ।

जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले देशका केही भागमा ड्रोन तैनाथ गरेको हो ।

स्पेनको समुद्र तटहरू विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्यहरु हुन् । यी समुद्री तटहरुबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतको लागि उच्च–रिजोल्युसन भएका क्यामेराहरू र मल्टिस्पेक्ट्रल सेन्सर जडान गरिएका ड्रोनहरू उडाउन थालेको छ ।

यी ड्रोनहरुले बालुवाको मात्रा अनुगमन गर्न, डेटा संकलन गर्न र समुद्र तटलाई पुनर्जीवीत गर्ने उपायहरू ट्याक गर्न सूचना संकलन गर्दछन् । स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको कालाफेल सहरले जलवायु परिवर्तन अनुकुलन उपायहरूको लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved