नेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप

नेपालभ्युज

नेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सोमबार सात सय १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved