जेनेभा प्रस्थान गर्दै माधव नेपालले भने- सबै भ्रष्टाचारको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ

नेपालभ्युज

जेनेभा प्रस्थान गर्दै माधव नेपालले भने- सबै भ्रष्टाचारको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै खालका भ्रष्टाचारको छानबिन गरेर दोषिलाई कारबाही हुनुपर्ने बताएका छन् ।

आज सोमबार स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका नेपालले सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा दृढ मान्यता रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा माधव नेपाल जानकार रहेको पनि सचिवालयले उल्लेख गरेको छ ।

नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान साढे ७ बजे इस्तानवुल हॅुदै  माधव नेपाल जेनेभा प्रस्थान गरेका हुन् ।  उनि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved