काठमाडौं महानगरमा छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ जना विद्यार्थी सहभागी

नेपालभ्युज

काठमाडौं महानगरमा छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ जना विद्यार्थी सहभागी

काठमाडौँ । कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले शनिबार प्रवेश परीक्षा सम्पन्न गरेको छ । प्रवेश परीक्षामा ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदक विद्यार्थीले निवेदन दिएका थिए । तीमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएको  महानगरले जनाएको छ ।

८४५ जना आवेदक प्रवेश परीक्षामा सहभागी भएनन् । आवेदकमध्ये विज्ञान विषयका ३ हजार ७१३ जनाले परीक्षा दिएका छन् । व्यवस्थापन विषयमा १ हजार १८० जना, प्राविधिक विषयमा १७६ जना, कानुन विषयका ६९ जना, मानविकी विषयका १६ जना र शिक्षा विषयका १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ ।

१५ वटा केन्द्रमा परीक्षा सञ्चालित परीक्षा अनुगमनका लागि उपप्रमुख सुनिता डंगोल विभिन्न विद्यालयहरुमा पुगेकी थिइन् ।

कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक उत्तर राखेर बस्तुगत परीक्षा (ओएमआर) लिइएको हो । यस प्रकारको परीक्षा प्रणाली धेरै आवेदकहरुबाट तत्काल परीक्षा लिएर मूल्याङ्कन गर्नका लागि उपयुक्त मानिन्छ ।

परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ । योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिनेछ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिने महानगरको शिक्षा विभागले जनाएको छ ।

शिक्षा विभागका अधिकारीका अनुसार केन्द्रहरुबाट उत्तर पुस्तिका संकलन भइसकेको छ । अहिले उत्तर पुस्तिका परीक्षणको काम थालनी भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved