सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छः प्रदिप ज्ञवाली

नेपालभ्युज

सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छः प्रदिप  ज्ञवाली

काठमाडौं । एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताएका छन् । शुक्रवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताए । उनले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

उनले एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको बताए।

‘नयाँ ढंगले नबढीकन हामी गन्तव्यमा पुग्न सक्दैनौं । भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ भनिएको छ । इतिहासले बोकाइदिएका केहि बोझहरु छन्, सन् १९५० को सन्धी छ । सिमाका समस्याहरु छन्’ उनले भने, ‘अहिलेको सरकार दोषि छैन होला । तर, यो समस्या समाधान नगरिकन सम्बन्ध राम्रो भयो भन्न सक्दैन । पारबहानमा पछिल्लो समय प्रगति भने भएको छ ।’

‘अहिले चाहीँ सरकारले इपीजि सम्बन्धी दृष्टिकोण के हो ? भनेर भारतलाई प्रष्ट भन्नुपर्‍यो । समय चाहिएको हो भने कति समय चाहिएको हो ? तोकेर भन्नुपर्‍यो । र, त्यसपछाडी हामी अगाडी बढ्नुपर्छ, उनले भने ।’

उनले सन् १९५० को सन्धी, सीमा समस्याहरुमा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved