झापा कारागारमा कैदीबन्दीले लगाए आगो, नियन्त्रणको प्रयास हुँदै

नेपालभ्युज

झापा कारागारमा कैदीबन्दीले लगाए आगो, नियन्त्रणको प्रयास हुँदै

विराटनगर । कैदीको सरुवाको विषयमा झापाको भद्रपुर कारागार भित्र झडपपछि आगलागी भएको छ।

कैदीबन्दीबीच झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको हो। कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ।

आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ।

क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल सुरु भएको थियो।

विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३ सय ५० कैदी बन्दी अटाउने क्षमता भए पनि हाल १२ सय बढी कैदी बन्दी रहेका छन्।

क्षमताभन्दा बढी कैदी बन्दी राखिँदा दुर्घटना जोखिम बढेपछि स्थानान्तरण गर्न लागिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved