कैलालीमा चितुवाको छालासहित दुईजना पक्राउ

नेपालभ्युज

कैलालीमा चितुवाको छालासहित दुईजना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का वामदेव जोशी रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved